१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भन्सार अधिकृत श्रेष्ठसहित दुई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चैत मध्यमा सजाय सुनाइने

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:१८:oo

सम्पत्ति शुद्धीकरण अभियोगमा दुईजना दोषी ठहर भएका छन्। बुधबार विशेष अदालतले भन्सार अधिकृतसमेत दुईजनामाथि कसुर कायम हुने फैसला गर्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो। 

दोषी ठहर हुनेमा बाँकेको नेपालगन्ज भन्सार कार्यालयका अधिकृत सुभासकुमार श्रेष्ठ र व्यवसायी शिवनाथ यादव छन्। यादव र श्रेष्ठमाथि सजाय निर्धारणका लागि १५ चैतको पेसी तोकिएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बुधबार यस्तो फैसला गरेको हो। श्रेष्ठ र यादवले तस्करी र मुद्रा तथा बैंकिङ अपराधबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६ असोज ०७९ मा दुवैमाथि मुद्दा चलाएकोमा कसुर कायमको फैसला भएको छ। दुवैजना माथि ३१ लाख ८९ हजार रुपैयाँ जनही बिगो कायम गर्दै विभागले मुद्दा चलाएको थियो। यसमा दुवै दोषी पाइएका हुन्।

ad
ad