१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार १४:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सहकारी ठगी प्रकरणको छानबिन नभए अर्थतन्त्र गतिशील बन्दैन : सांसद जबरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार १४:४५:००

कांग्रेसका सांसद उदयशमशेर जबराले सहकारी संस्थाहरूमा समस्या आउँदा त्यसको असर सिंगो अर्थतन्त्रमा परेको बताएका छन् । 

सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन नभएसम्म सहज रूपमा अर्थतन्त्र चल्न नसक्ने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई गतिशील बनाउन पनि सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षक लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद जबराले यस्तो बताएका हुन् ।