मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o चैत ६ मंगलबार २o:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारीपीडितका माग सम्बोधन गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार २o:५८:oo

राष्ट्रिय मानव अधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो।

सहकारीपीडित बचतकर्ताले काठमाडौंमा यही १ चैतमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगबाट प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ। 

सहकारीपीडितले शान्तिपूर्ण प्रदर्शन, सुन्धारामा भएको र्‍याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले राससलाई जानकारी दिए।

यही १ चैतको साँझ करिब ७ बजेपश्चात् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशल केसीलगायतका अन्य केही व्यक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएकोसमेत आयोगले जनाएको छ। 

आयोगका अनुसार यस सम्बन्धमा आयोगमा उजुरीसमेत दर्ता भएको छ। प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी यही १ चैतदेखि नै अनशनमा छन्।

अध्यक्ष केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ। पीडित बचतकर्ताले हालसम्म तीन सय दुई सहकारीका पीडित अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन्।

आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्याको समाधान गर्न माग गरेको छ। (रासस)