१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल-भारत संस्कृत सम्मेलन आयोजना गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३८:oo

नेपाल-भारतमा संस्कृत भाषाको विकास, यसको प्रयोग तथा संरक्षणको लागि संस्कृत सम्मेलन आयोजना गरिने भएको छ। 

नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृति विश्वविद्यालय नयाँ दिल्ली र इन्डिया फाउन्डेसनको आयोजनामा आगामी १४ चैत्रदेखि काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो। 

अनुसन्धान प्रतिष्ठानले संस्कृति सम्मेलनको तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै दुवै देशको सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको अध्ययन गर्न सो सम्मेलन आयोजना गर्न लागिएको बताएको हो। 

नेपाल र भारतको विकासमा संस्कृतको योगदान, संस्कृतिको समकालीक चासो, यसको जर्गेनालगायत विषयमा छलफल हुनेछ भने नेपाल संस्कृति विश्वविद्यालय तथा केन्द्रीय संस्कृति विश्वविद्यालयका उपकुलपति तथा विशिष्ट व्यक्तिहरू उपस्थित हुने बताइएको छ। 

‘विश्वभरि संस्कृतिको विस्तार गर्न नेपाल र भारतका विद्वानहरूको योगदानबारे पनि सम्मेलनमा परिचर्चा गरिनेछ,’ सम्मेलनका संयोजक डा. प्रेमराज न्यौपानेले भने, ‘यसले संस्कृति भाषाको जर्गेना, सिकाइ र यसको बृहत्तर विकासका लागि प्रभावकारी भूमिका खेल्नेछ।’ 

उनका अनुसार नेपालमा सरकारी तवरबाट पनि संस्कृत भाषाको संरक्षणमा सकारात्मक पहलकदमी हुँदै आइरहेको छ। कतिपय विद्यालयहरूले संस्कृत भाषाको बारेमा पनि अध्ययन गराउने गरेका छन्। अझ यसको बढी प्रयोग भारतमा भएको पाइन्छ। 

यसअघि विसं २०२४ मा पहिलोपटक दाङमा नेपाल भारत संस्कृति सम्मेलन आयोजना गरिएको थियो। त्यो सम्मेलनले नेपालको संस्कृत अध्ययन र यसको विकासको दायरालाई फराकिलो बनाउन थप भूमिका खेलेको थियो। त्यस्तै २०५१, २०७५ र २०७६ मा पनि काठमाडौंमै सोसम्बन्धी सम्मेलन आयोजना गरिएको थियो। 

यसपटक चैत्र १४ देखि १६ गतेसम्म हुने सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृत कार्यबारे पनि नेपाललाई परस्परमा बोध गराउन मद्दत खेल्नेछ।
 

ad
ad