१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जितपुर–सिमरा क्रिकेट कप : आयोजकमाथि कलैया नौ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४९:oo

जितपुर–सिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लबले समूह ‘ए’को अन्तिम खेलमा आयोजक जितपुर–सिमरा स्पोर्टस् क्लबमाथि नौ विकेटको सानदार जित निकालेको छ । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । कलैयाले ७.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । कलैयाका लागि नीरज यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । ओपनर साहिल पटेलले १६ रन तथा कप्तान त्रितराज दासले १० रन बनाए । 

आयोजकका लागि प्रभात लामाले एक विकेट लिए । यसअघिको ब्याटिङमा आयोजकविरुद्ध कलैयाका शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिएका थिए । आयोजकका लागि पूजन श्रेष्ठले २६ रन र अजय पटेलले १२ रन बनाए । आयोजकका लागि अन्य खेलाडीले गतिलो रन बनाउन सकेनन् । सानदार जित निकाले पनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुगेको छ । 

कलैयाले आफ्नो पहिलो खेलमा पर्सासँग पाँच विकेटले पराजित भएको छ । लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहीन बनेको छ । पर्साले पहिलो खेलमा आयोजकलाई ७७ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि समूह ‘बी’का खेल हुनेछन् । समूह ‘बी’को पहिलो खेल मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउन्डेसनबीच हुनेछ । 

ad
ad