चिसापानीस्थित कर्णाली पुलमा एकतर्फी बाटो सञ्चालन भएको छ। सोमबार बिहान ९ बजेदेखि पुलमा एकतर्फी बाटो सञ्चालन भएको नेपाल प्रहरीले जनाएको छ।
गत फागुन २८ गते लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलको बायाँतर्फको केबल तथा डेक र स्ल्याबमा क्षति पुगेको थियो। आज बिहान कंक्रिट मर्मत गरेपश्चात् एकतर्फी बाटो सञ्चालन भएको हो।