मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Monday, 17 March, 2025
२o८o चैत ४ आइतबार १९:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छिमेकीलाई फसाउन हजुरबुबा र नातिको हत्या, दुई आराेपी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १९:१४:oo

पश्चिम नवलपरासीमा छिमेकीलाई फसाउन हजुरबा र नातिको हत्या गर्ने दुईजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ३ मर्चहवा बस्ने २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजन छन्। 

पक्राउ परेका चन्दन हरिजनको छिमेकी गाउँलेसँग झगडा भएको र उक्त झगडा बेलाटारीमा छलफलपश्चात् मिलेको भए पनि उनले मेलमिलापपछि झगडा गरेका छिमेकीलाई नै हत्या गर्ने योजना बनाएको, तर उनको हत्या गर्न नपाएपछि उनकै छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ।

चन्दन हरिजनले अजय धरिकारसँग मिलेर सुस्ता गाउँपालिका- ३ मर्चहवाका अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनीहरूलाई तालिम प्राप्त कुकुर, सिआइबीसमेतको सहयोगमा अनुसन्धान गरी घटनाको झन्डै १ महिनापछि ३ चैत्रमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। 

चन्दन हरिजन र अजय धरिकारले चमार हजुरबा र नातिलाई धारिलो हतियार चक्कु प्रहार गरी माघ २९ गते राति हत्या गरेका थिए। हजुरबाको हत्या गर्दा सँगै सुतेका नातिले देखेपछि घटना सार्वजनिक हुने डरले उनीहरूले नातिको पनि हत्या गरेका थिए।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलाटारीमार्फत जिल्ला अदालत परासीमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ।