१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आठ वर्षपछि सुविधायुक्त भवनमा स्वास्थ्यचौकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:oo:oo

भूकम्पले भत्काएको आठ वर्षपछि स्वास्थ्यचौकीले सुविधायुक्त भवन पाएको छ। ०७२ सालको महाभूकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिँदै आएको खानीखोला गाउँपालिका– ६ स्थित साल्धारा स्वास्थ्यचौकी आठ वर्षपछि सुविधायुक्त भवनमा सरेको छ। 

स्वास्थ्यचौकी इन्चार्ज रामकुमार रामले ०७६ सालसम्म कोठा भाडामा लिएर सञ्चालनमा आएको स्वास्थ्यचौकी त्यसयता युनिसेफको सहयोगमा बनेको प्रिफ्यावको भवनबाट सेवा दिँदै आएको थियो।

भारतीय दूतावासको सहयोगमा दुई करोड ६ लाख ६७ हजारको लागतमा ठेक्कामार्फत निर्माण सम्पन्न भएपछि सुविधायुक्त भवनमा उद्घाटन भएको छ। 

बागमती प्रदेशका पूर्वमन्त्री एवं काभ्रे क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य तीर्थ लामाले शनिबार एक कार्यक्रमबीच भवन उद्घाटन गरे। नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै पूर्वमन्त्री लामाले सो क्षेत्रका मतदाताका लागि आफू सधैँ ऋणी भएको बताए। 

विकासका लागि सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने भन्दै राजनीति निर्वाचनमा गर्न सबै राजनीतिक दललाई अनुरोध गरे। निर्वाचित भएको पहिलो वर्ष खोपासी–तालढुंगा सडकका लागि बजेटको पहल गरेको भन्दै आगामी चार वर्षमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जनताका सबै आवश्यकता एकैपटक पूरा गर्न नसकिने भन्दै ती क्रमशः पूरा गर्दै जाने बताए। 

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएको भन्दै यसलाई प्रभावकारी बनाइनुपर्ने धारणा राखे। खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले सुविधायुक्त भवनजस्तै सेवा पनि उत्कृष्ट दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे।

खानीखोला गाउँपालिका– ६ का अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति घिसिङले भवनसँगै सेवा पनि गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे।

अपांगमैत्री उक्त भवनमा पाँचवटा कोठाका अतिरिक्त स्टोर, भान्सासहितको आवास सुविधा रहेको स्वास्थ्यचौकी इन्चार्ज रामले जानकारी दिए। पूर्वाधार बनेपछि सेवा प्रवाह र सेवा विस्तार गर्न सहज हुने उनले विश्वास गरे। 

उनका अनुसार, बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकीमा एक हेल्थ असिस्टेन्ट, एक अहेव, दुई अनमी र एक कार्यालय सहयोगी कार्यरत छन्। कार्यक्रममा जग्गादाता शम्भु तितुङ, निर्माण कम्पनी प्रतिष्ठा–शिवालय जेभीलाई सम्मान गरिएको थियो।

ad
ad