मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Wednesday, 18 December, 2024
२o८o चैत ४ आइतबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपर पल्टिँदा चालक च्यापिए, उद्धारका लागि जेसिबीसहित प्रहरी पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १५:२३:oo

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपर पल्टिँदा चालक च्यापिएका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघासीको भित्री सडकखण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१क ५२८१ नम्बरको टिपर दुर्घटना भएको हो । 

टिपर सडकदेखि ४० मिटर तल खसेको छ । टिपरका चालक नवलपुरको गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतो टिपरमा च्यापिएका छन् । उनको उद्धारका लागि जिसिबीसहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । टिपरमा अन्य मानिस भए–नभएको यकिन भएको छैन । घटनास्थल दुम्कीबास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ ।