१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
रासस महोत्तरी
२o८१ बैशाख २० बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधान संशोधन आवश्यक : कांग्रेस नेत्री संग्रौला

Read Time : < 1 मिनेट
रासस, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४६:oo

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छिन्।

आइतबार महोत्तरीको बर्दिवासमा कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन्।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले  चुनावमा बढेको विकृति निस्तेज गर्न तथा प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन्। नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीय स्वरूपलगायतका विषयमा बहस सुरु भएको संग्राैलाले बताइन्।

राजनीतिक दलहरूले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो। पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरिन्। मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने उनको दाबी छ।

संग्राैलाले भनिन्, ‘हामी यो पद्धतिलाई आत्मसात् गरेर  मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ।’ आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ संगठन सुदृढीकरणमा लागेको उनको भनाइ छ।

ad
ad