१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, चारजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१६:oo

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ जलवीरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतीहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो ।

घाइते हुनेमा ट्रकचालक पर्सा वीरगञ्ज महानगरपालिका– २३ बस्ने ३३ वर्षको हाकिम मियाँ, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सीतामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् । बसचालक नवलपरासी (सुस्तापूर्व) कावासोती नगरपालिका– १४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग.१ख ८५२४ नम्बरको बस ना.६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
 

ad
ad