मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Wednesday, 18 December, 2024
दीपेश पछाई काठमाडौं
२o८o चैत २ शुक्रबार २२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवा ल्याइएका दीपेश इप्रका बुटवलको हिरासतमा

सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे अनुसन्धान हुने

Read Time : < 1 मिनेट
दीपेश पछाई, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार २२:५९:oo

काठमाडौंबाट पक्राउ गरिएका दीपेश पुनलाई बुटवल ल्याइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी विमानमा रुपन्देहीको बुटवल ल्याइएको हो ।

अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई बुटवल ल्याइएको हो । 

गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले निकैअघि जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारीका संचालकले १० हजार ३९१ बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ । 

दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।