१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार १८:२७:oo

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको १३औँ संस्करण चैत ७ देखि १०  गतेसम्म सुन्धारास्थित सिटिसी मलमा रहेको सिडिसी सिनेमामा हुने भएको छ। 

चलचित्र महोत्सव नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवमा नौ युरोपेली र ११ नेपाली चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ। ‘युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष सांस्कृतिक विविधताको उत्सव’ नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो।

युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदान–प्रदान गर्न पाउँदा म निकै हर्षित छु,’ नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेटले भनिन्।

महोत्सवको उद्घाटनमा मार्टिन म्याकडोना निर्देशित चलचित्र ‘द ब्यानसिस अफ इनिसेरिन’ र शान्ता नेपाली निर्देशित ‘डाय ड्रिम्स’ देखाइनेछ। महोत्सवका लागि १० वटा लघु नेपाली चलचित्र प्रतिस्पर्धामार्फत छनाेट गरिएको हो।  प्रतिस्पर्धामा ठूलो संख्यामा नेपाली चलचित्रले आवेदन दिएका थिए।

महोत्सव अप्रिल १० मा सुदूरपश्चिम प्रदेश, अप्रिल १५ मा लुम्बिनी प्रदेशको नेपालगन्जमा तथा १९ र २० अप्रिलमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा चलचित्र महोत्सव आयोजना गरिनेछ।

यस वर्ष नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’समेत आयोजना गर्नेछ। कम्पिटिसनमा उत्कृष्ट चलचित्र समीक्षकलाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिनेछ।