१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत २ शुक्रबार १६:२३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
२०८० चैत २ शुक्रबार १६:२३:००

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालू अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए। चालू अधिवेशन तीन दिन मात्रै चलेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै बिजनेस नभएकाले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।  

२१ फागुनमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परेका छन्। केन्द्रमा माओवादी केन्द्र र एमालेसहितको नयाँ सत्तासमीकरण बनेसँगै प्रदेशमा मुख्यमन्त्री चौधरी अल्पमतमा परेका हुन्।

सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसलाई छल्नका लागि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको चर्चा सुरु भएको छ।