१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेल तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेलाई सांसद पौडेलको सुझाव– मेरा मित्र, राजीनामा दिएर उदाहरण पेस गर्नूस्

‘अनुसन्धानको घेराभित्र रहेको व्यक्तिले गृहमन्त्रालयको नेतृत्व गर्दा सहकारीपीडितले कसरी न्याय पाउन सक्छन् ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार १२:२५:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद प्रदीप पौडेलले राजीनामा दिएर नैतिकता देखाउन गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद पौडेलले राजीनामा दिएर उदाहरण पेस गर्न भनेका हुन् । 

‘अनुसन्धानको घेराभित्र रहेको व्यक्तिले गृह मन्त्रालयको नेतृत्व गर्दा सहकारीका पीडितले कसरी न्याय पाउन सक्छन् ?’ उनले भने, ‘त्यसैले मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नूस् ।’

लामिछाने विगतमा अरूलाई प्रश्न गर्ने पेसाबाट राजनीतिमा आएको चर्चा गर्दै उनले भने, ‘अहिले आफूमाथि प्रश्न उठेका वेला प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्नले घेरिएको मान्छेलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो ।’

सांसद पौडेलले ३१ हजार सहकारीका ७३ लाख बचतकर्ताले सहकारीका सञ्चालकबाट आफ्नो बचत फिर्ताको माग गरिरहेको भन्दै सहकारीको पैसा अपचलनको आरोपमा अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाउँदा पीडितले न्याय पाउन नसक्ने बताए ।