१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न– प्रश्नैप्रश्नले घेरिएका मान्छे बोकेर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउनुहुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o५:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रश्नैप्रश्नले घेरिएका मान्छेलाई मन्त्रालय जिम्मा लगाएर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउन खोजेको भन्दै प्रश्न गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पाैडेलले प्रश्न गरे, ‘प्रश्नैप्रश्नले घेरिएका मान्छे बोकेर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउनुहुन्छ ?’

प्रधानमन्त्रीले पटकपटक सुशासनको कुरा गर्ने गरे पनि कार्यशैलीले त्यसको अनुभूति दिन नसकेको उनको भनाइ थियो । 

‘प्रधानमन्त्री पटकपटक सुशासनको कुरा गर्नुहुन्छ । विगतको गठबन्धन तोड्दा पनि कांग्रेसको कारणले सुशासन लागू गर्न नसकेको आशय प्रकट गर्नुभयो । सुशासनको चिन्ताले गठबन्धन तोडेको भन्नुभयो,’ सांसद पाैडेलले पुनः प्रश्न गरे, ‘जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो, त्यही मन्त्रालयको तालाचाबी तिनै व्यक्तिलाई सुम्पिएर सुशासन आउन सक्छ ?’

विगत केही दिनदेखि प्रमुख प्रतिपक्षी दलले संसदमा प्रश्न गरिरहेको, तर प्रधानमन्त्री भागेर हिँडिरहेको उनको भनाइ थियो । 

ad
ad