१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २ शुक्रबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजीको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार ११:४३:oo

इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज योजना सुरु गरेको छ । योजना १ चैतदेखि सुरु भएको र सीमित अवधिका लागि जारी रहने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एस सर्भिसिङ पाउनेछन् ।

त्यस्तै, पुरानो एसी एक्सचेन्ज गर्न चाहेमा ५० प्रतिशतसम्मको थप मूल्यांकनका साथ एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सकिने कम्पनीको भनाइ छ । ग्राहकले आफ्नो पुरानो एसीको मूल्यांकन आफैँ गर्न सक्नेसमेत सुविधा रहेको बताइएको छ । 

यो सुविधा लिन ग्राहकले कम्पनीको टोलफ्री नम्बर वा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण टिपाउनुपर्नेछ । विवरण टिपाएपछि एलजीका टेक्सिसियनले घरमै पुगेर सेवा दिने कम्पनीले जनाएको छ । 

साथै, यस योजनामा थप सुविधाबापत एसी रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म र नयाँ खरिदमा १८ प्रतिशतसम्मको छुटसमेत पाउनेछन् । नयाँ एसीमा भने चार हजारबराबरको फ्री इन्स्टलेसन र नयाँमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी पाउने बताइएको छ । 

ad
ad
ad
ad