१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे ।
२०८० चैत १ बिहीबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपभोक्ता अदालत स्थापना गर्ने कानुनमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
२०८० चैत १ बिहीबार २१:२१:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका छन्। 

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज गरेको ‘उपभोक्ताको चाहना : सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका हुन्।

‘उपभोक्ता अदालत स्थापना गर्न सके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,’ उनले भने, ‘सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि आदेश दिइसकेको छ। कानुन मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले उपभोक्ता अदालत शीघ्र स्थापनाका लागि मेरो तर्फबाट पनि अधिकतम पहल हुनेछ।’ (रासस)