१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्वभर मिर्गौला दिवस मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o९:oo

आज विश्व मिर्गौला दिवस  ।  ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर यो दिवस मनाइँदै छ ।

नेपालमा पनि जनचेतना जगाउने उद्देश्यले औपचारिक कार्यक्रमहरू गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका लगभग ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् । कतिपयलाई आफू मिर्गौलाको समस्याबाट ग्रसित रहेको जानकारी पनि हुँदैन । त्यसैले प्रत्येक वर्ष १४ मार्चलाई मिर्गौला दिवसको रूपमा मनाउँदै जागरण फैलाउने प्रयास भइरहेको हो । 

मानिसको शरीरमा दायाँ र बायाँ गरी दुईवटा मिर्गौला हुन्छन्, तर एउटा मिर्गाैला भए पनि स्वस्थ र आरामदायी जीवन बाँच्न सकिन्छ । मिर्गाैलाको आकार लगभग चार–पाँच इन्चको हुन्छ, यो मानिसको मुट्ठीको आकारजस्तै हुने गर्दछ । 

मिर्गाैलाले शरीरमा पानीको मात्रालाई सन्तुलित गर्ने काम गर्दछ । यसले रगतमा रहेको विकारलाई फिल्टर गरी पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने कार्य गर्दछ । आफ्नो जीवनकालमा प्रत्येक १० जना व्यक्तिमध्ये एकजनामा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ । 

 

 

ad
ad