मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २८ सोमबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कान्तिपुर सहकारीका १२ सञ्चालकविरुद्ध डेढ अर्बकाे ठगी मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार १७:o६:oo

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ।

संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। 

संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको जिल्ला प्रहरीपरिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए। ‘एकजना सञ्चालक पक्राउ परेका छन्, अन्य फरार छन्, उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता भएको छ,’ एसपी अधिकारीले भने। 

प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी गत महिना अनुसन्धान थालेको हो। अन्य ११ सञ्चालक फरार छन्। पूर्वअध्यक्ष सिबी लामासहित सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलियालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ। सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको छ। थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका छन्। सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेका हुन्। 

अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन्। सो संस्थाका पूर्वअध्यक्ष सिबी लामा सञ्चालक रहेको पशुपति सहकारीले पनि सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको छैन।