१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुनार कालिकाेट
२o८१ बैशाख २१ शुक्रबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बजेट अभावले अनाथ बालबालिकाको बिचल्ली

Read Time : < 1 मिनेट
रमेश सुनार, कालिकाेट
नयाँ पत्रिका कालिकाेट
२o८१ बैशाख २१ शुक्रबार o८:४६:oo

खाँडाचक्र नगरपालिका मान्ममा रहेको न्यानो काख सेवा समाजमा आश्रित १२ अनाथ बालबालिकाको बिचल्ली भएको छ । आमा बुवा गुमाएका अनाथ तथा साहाराबिहीन बालबालिकाको बजेट अभावमा बिचल्ली भएको हो । ०७८ मा अनाथ बालबालिकाको रेखदेख र पालन पोषणको लागि स्थापना गरिएको न्यानो काख सेवा समाजकी संचालक कल्पना मल्लले बजेट सकिएपछि अहिले बालबालिका भोकै बस्ने अवस्थामा पुगेको बताइन् । उनले रुँदै भनिन्, ‘भएको सबै सम्पती सकियो । अब के खुवाउने कसरी पाल्ने ? सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्छौं भनेर आश्वासन मात्र देखाए । अहिले कसैले पनि सहयोग गरेनन् ।’ 

उनले विद्यालयको शुल्क, खाना र भवनको मासिक भाडा गरेर मासिक डेढ लाखसम्म खर्च आउने तर, तिर्ने स्रोत नभएको बताइन् । ‘अहिलेसम्म त आफ्नो घरबाटै जुटाएर चलाएँ । अब यश्र आश्रयविहीनलाई कसरी बचाउने भन्ने ठूलो समस्या आएको छ,’ उनले भनिन् । संस्था चलाउनुअघिसम्म केही समयअघि उनी विदेश जाने सोचमा थिइन् । त्यसका लागि बेलायतको भिसा पनि आएको थियो । तर, समाजसेवाप्रतिको झुकावका कारण उनी स्वदेश छाडेर गइनन् । अहिले आर्थिक अभावले उनलाई मुस्किल परिरहेको छ ।

‘मेरो युकेको भिसा पनि आइसकेको थियो । तर, समाज सेवामा लाग्छुभन्दा अहिले कोही नहेर्ने रहेछन् । युके जान छाडेर दुनियाँका बालबच्चा पाल्छेस् भनेर घरबाट समेत तिरस्कार खेप्नुपरेको छ,’ उनले भनिन् । जति दुःख र कष्ट आइपरे पनि अनाथ बालबालिकाको सेवाबाट बिचलित नहुने मल्लले सुनाइन् । न्यानो काख सेवा समाजमा खाँडाचक्र नगरपालिकाका, पलाँता गाउँपालिका र महावै गाउँपालिकाका १२ बालबालिका छन् । सबैलाई उनले निजी विद्यालयमा भर्ना गरेकी छन् । 

ad
ad