१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस माले
२o८१ बैशाख २२ शनिबार १७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

माल्दिभ्समा भारतीय पर्यटकको संख्या एक तिहाइले घट्यो

Read Time : > 1 मिनेट
रासस, माले
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३४:oo

गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशतले कमी आएको छ। नयाँ दिल्ली र मालेबीचको कूटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटकको संख्यामा पनि कमी देखिएको हो। 

माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१९ को मार्चसम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए। सन् २०२३ को तथ्यांकअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए।

माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो वर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन्। गत वर्षको तुलनामा यो संख्या १३ हजार ८३० ले कम हो।

गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो। यद्यपि, यो वर्ष भारतीय पर्यटकको संख्या ६ प्रतिशतका साथ सूचीको छैटौँ स्थानमा रहेको छ।

माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो। भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए।

नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो। तीनैजना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ।

यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए। माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एन्ड टुर अपरेटर्स (माटाटो)ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो। यद्यपि, उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन।

सन् २०२१–०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको संख्या दुई लाखको हाराहारीमा रहेको छ। यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ।

ad
ad