१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियम अन्वेषण गर्न ड्रिलिङ मेसिन आयात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१७:oo

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ गर्ने मेसिन आयात भएको छ ।ड्रिलिङसहितका मेसिन उपकरण बोकेका आठवटा ट्रक नेपालगन्जस्थित रुपैडिया नाकामा पुगेका हुन् । सबै उपकरण भारतको कोलकाताबाट ल्याइएको हो ।

पेट्रोलियम अन्वेषणका लागि मेसिन उपकरण लिएर दुई सयभन्दा बढी ट्रक दैलेख आउने भएका छन् । त्यसमध्ये पहिलो चरणमा आठवटा ट्रकमा ल्याइएको सामान छुटाउन रुपैडिया नाकामा भन्सार छुटको कागजात मिलाउने काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण प्रमुख डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार र जिओलोजिकल सर्भे कम्पनीको नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो ।

पेट्रोलियम अन्वेषणका लागि मेसिन उपकरण लिएर दुई सयभन्दा बढी ट्रक दैलेख आउने भएका छन्, त्यसमध्ये पहिलो चरणमा आठवटा ट्रकमा ल्याइएको खानी तथा भूगर्भ विभागका अन्वेषण प्रमुख डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए  
 

मन्त्रालयले भन्सारमा पत्राचार नगरेका कारण केही ढिलाइ भएको भए पनि पहिलोपटकको समस्या समाधान भए अन्य सामान आउन सहज हुने विभागले जानकारी दिएको छ ।भन्सारमा रोकिएका सामान नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । 

यसअघिका अन्य तीनवटा चरणमा काम गर्दा दैलेखका करिब तीन हजारभन्दा बढी युवाले रोजगारी पाएका थिए । अहिले पनि अन्तिम अन्वेषणका वेलामा धेरैभन्दा धेरै स्थानीय बासिन्दाले रोजगारी पाउने अपेक्षा राखेका छन् । 
 

ad
ad