१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अनिता केसीले आई लिग खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५७:oo

मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छिन्।

प्रीति भारतीय आई लिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो । अनिता आजै त्यसतर्फ  प्रस्थान गरेकी छिन् । 

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलोपटक आई लिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलोपटक आई लिग खेल्ने अवसर पाएकी छु । त्यसका लागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ ।  तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । यस सिजन सात खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सका लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ । 

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्टस् उडिसामा आबद्ध छन् ।

ad
ad