१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई सांसद चौधरीको सुझाव– सहयात्री सुतिरहँदा छोडेर नहिँड्नुहोला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:२३:oo

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रत्येकपटक सहयात्री दलहरूले थाहै नपाई साथ छोड्ने बानी प्रधानमन्त्रीले फेर्न आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले आफ्नै सहयात्री दललाई थाहै नदिई प्रधानमन्त्रीले गठबन्धन छाड्दै हिँड्नु राम्रो नभएको बताए । 

‘तपाईंको उन्नति–प्रगति भइराखोस्, तर हामी साथमै छौँ, कतिखेर छुटेको थाहै हुँदैन । सुतिरहेका हुन्छौँ, उठ्दा हामीलाई छाडेर उहाँ अन्तै पुगिसक्नुभएको हुन्छ,’ उनले भने, ‘अबदेखि यस्तो काम नगर्नुहोला ।’ 

उनले आफ्ना नेता माधवकुमार नेपालले पनि पटकपटक धोका पाएको संकेत गरे । ‘बिचरा माधव नेपालजस्तो असल नेताले जहिल्यै प्रचण्डको बखान गर्नुहुन्छ । सधैँ प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भनिरहनुहुन्छ । उहाँलाई पनि थाहै हुँदैन । उहाँ सुतिराखेको वेला छुटेको थाहै हुँदैन । यस्तो कसैले गर्नुहुँदैन,’ उनले भने । 

उनले प्रधानमन्त्रीमा रहेको देश निर्माणको हुटहुटी र वाम ध्रुवीकरणको अभिभारा पूरा होस् भन्ने कामना पनि गरे ।

ad
ad