१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मैत्रीपूर्ण ‘टच रग्बी’ खेल सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o८:oo

नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडीबीच शान्तिनगरको फुटसल मैदानमा प्रतिस्पर्धा भएको थियो । 

कमिटीकी महिला विभाग प्रमुख एलिसा थापाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताइन् । उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिइन् । 

थापाले खेल क्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन् । 

राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले महिलालाई सशक्त रूपमा अगाडि बढाउन सके समाजमा महिलामाथि हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने बताइन् । 

ad
ad