ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर र सेना दिवसका अवसरमा दुई योजना सार्वजनिक गरेको छ । बैंकले ‘ज्योति क्यापिटल नारी सम्पन्नता’ र ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता’ निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना सार्वजनिक गरेको हो ।
महिला तथा नेपाली सेनालाई पनि सेयर बजारतर्फ आकर्षित गरी आर्थिक रूपमा प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको कम्पनीले जनाएको छ । उक्त योजना अवधिभर नाबालकदेखि साबाल नारी तथा नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । यी दुई योजना २४–३० फागुनसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवासमेत प्रदान गरिरहेको छ । साथै, ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।