मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Wednesday, 18 December, 2024
२o८o फाल्गुण २४ बिहीबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँमा फसेका आठजना जडीबुटी संकलकको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार १o:३४:oo

सम्पर्कविहीन भएका जुम्लाकाे तातोपानी गाउँपालिका- ७ मुछलदेउ र बाँरागाउँका जडीबुटी संकलक सम्पर्कमा आएका छन् । जीविकोपार्जनका लागि बजेडी पाटनमा उक्लेका उनीहरू हिउँमा फसेपछि सम्पर्कविहीन भएका थिए । लामाे खाेजतलासपछि उनीहरू सम्पर्कमा आएसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिनेमा २८ वर्षीय अत रावत,  ४० वर्षीया दीपा रावत, ५७ वर्षीया गैरी रावत, ४० वर्षीया हरिशोभा रावत, ५७ वर्षीया ससिला रावत, ४० वर्षीया जगमती रोकाया,  २७ वर्षीय संसार थापा र २७ वर्षीया गोरी रावत रहेको नेपाली सेनाले जनाएको छ । 

तातोपानी गाउँपालिका- ७ बाँरागाउँ र मुछालदेउ गाउँका ६ जना महिला र दुईजना पुरुष गरी आठजना यसअघि पाटन हिउँमा फसेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘निरन्तरको पहलपछि सबैलाई सकुशल उद्धार गर्न सफल भयौँ ।’ 

स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालय, प्रदेश सांसद, नन्दाबक्स गण जुम्लाको निरन्तर प्रयासपछि हिउँमा फसेका नागरिककाे उद्धार भएको गाउँपालिका प्रवक्ता अमरबहादुर रोकायाले जानकारी दिए ।