१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Sunday, 29 September, 2024
सौरभ यादव राजविराज
२o८o फाल्गुण २२ मंगलबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठले पाए सफाइ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार १९:४o:oo

विशेष अदालतले सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठजनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

प्रमुख आतेशकुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुनप्रसाद यादव र कृषि समूहका सदस्यसहित आठजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन्।

सुरु नै नभएको आयोजनाको स्थलगत अनुगमनदेखि कार्यसम्पन्न प्रतिवेदन बनाएर नगरपालिकाबाट झुटा बिलका आधारमा १४ लाख ७२ हजार रुपैयाँ भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित आठजनामाथि १३ भदौ ०८०  मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ।