१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २२ मंगलबार १६:५०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको आर्थिक वृद्धिकाे लक्ष्य पाँच प्रतिशत, एक करोड २० लाख रोजगारी सिर्जना 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार १६:५०:००

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मंगलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्य प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५.५ प्रतिशत हुने अनुमान गरिएको छ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ।

चीनमा यस वर्ष स्थानीय सरकारका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिनेछ। यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो।