१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८o फाल्गुण २२ मंगलबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम, १० जिल्लाका ३९ सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार १३:२६:oo

कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम जुम्लामा सुरु भएको छ। एन्फा जुम्लाको आयोजनामा सातदिने प्रदेशस्तरीय रेफ्री तालिम सोमबारदेखि सुरु भएको हो।

कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, रुकुमपश्चिम, सल्यान, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, मुगु र कालीकोटका ३९ जनाले रेफ्री तालिममा सहभागिता जनाएका छन्। हरेक जिल्लाबाट तीनजनाले सहभागिता जनाएको एन्फा जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए।

प्रतिदिन एक हजार भत्ता उपलब्ध गराइने भएको छ। खाना र वासका लागि कर्णाली खेलकुद परिषद्ले आर्थिक सहयोग गरेको फुटबल कार्यक्रमका संयोजक कविदत्त न्यौपाने बताए।

कर्णाली खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय र एन्फा जुम्लाको आयोजनामा कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम सञ्चालन भएको जनाएको छ। 

रेफ्री तालिमको प्रशिक्षकका लागि एन्फा केन्द्रबाट श्रीराम रञ्जितकार, सैलेश जोशी, सचिन अमात्य र रोजेन श्रेष्ठकाे टिम छ।

ad
ad
ad
ad