१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवाको चारतारे ‘होटेल ल्यान्डमार्क’ सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४५:oo

रुपन्देहीको भैरहवामा चारतारे ‘होटेल ल्यान्डमार्क’ सञ्चालनमा आएको छ । भैरहवाका स्थानीय आशा गुरुङले निर्माण गरेको होटेलको व्यवस्थापन सम्हाल्दै ल्यान्डमार्क सञ्चालनमा आएको हो ।

सिंगापुर कोलोनीमा सञ्चालनमा आएको उक्त होटेल बौद्धमार्गी पर्यटक र भारतीय पर्यटकलाई लक्षित गरेर बनाएको ल्यान्डमार्कका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सिएन पाण्डेले बताए । भारतीय सीमा सुनौलीबाट साढे तीन किलोमिटर दूरीमा रहेको ल्यान्डमार्क होटेलमा कानुनतः क्यासिनो सञ्चालन गर्न नपाइने भएकाले सेवा नै बिक्री गरेर यस क्षेत्रलाई चलायमान बनाउने उनको भनाइ थियो ।  

हाल भैरहवाको होटेलमा डिलक्स, सुपर डिलक्स, फेमेली र जुनियर स्विट गरी ५० कोठा तयार गरिएको छ । निकट भविष्यमै ३० कोठा थप गरी एकैपटक एक सय ५० जनालाई सेवा दिने लक्ष्यका साथ अगाडि बढेको उनले बताए । होटेल कुल एक बिघा दश कट्ठा जग्गामा रहनेछ । अहिले मुख्य भवन दश कट्ठा जग्गामा  बनेको छ ।

अब एक बिघामा ६ सय र दुई सय क्षमताको स्तरीय हल बनाएर होटेललाई ‘डिस्टिनेसन हब’ बनाउने योजनामा रहेको उनले बताए । अब बन्ने दुई हलका लागि थप ३० करोड खर्च हुने उनको भनाइ छ । अहिलेको संरचना ५० करोडको लगानीमा तयार भएको हो । उनले छिट्टै नै काठमाडौं, नगरकोट र बर्दियामा ल्यान्डमार्कलाई विस्तार गर्ने योजना रहेकोसमेत बताए । 

ad
ad