१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २२ मंगलबार ०९:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुध बिक्री नहुँदा दैनिक ४२ लाख घाटा व्यहोर्दै किसान

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार ०९:०५:००

दुध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानले दैनिक ४२ लाख रुपैयाँ घाटा व्यहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकमबराबरको क्षति व्यहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ४० हजारभन्दा बढी सेयर सदस्यले सो मात्रामा दुध बिक्री गर्न नपाएको संघले जनाएको छ । 

संघका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दुध नउठ्दा किसानले समस्या झेल्नुपरेको हो । उनले दुध नउठ्दा समस्या भएको बताए । साउनयताको भुक्तानी ५२ करोड रुपैयाँ पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ । दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने चितवनबाट जिल्लाबाहिर दैनिक एक लाख ५० हजार लिटर दुध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दुध बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसानले पैसा नपाएको र दुधसमेत उठ्न छाडेको उनले गुनासो गरे । ‘सहमति भएको छ । तर, कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘सहमतिअनुसार आइतबारबाट दुध उठ्नुपर्ने भए पनि आजसम्म उठेको छैन ।’

दुध लैजाने उद्योगले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महँगो मूल्यमा दुध खानुपरेको बताए । बगालेले भने, ‘दुध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।’ चितवनसहित पाँच जिल्लाका किसानले एकसाथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ ।