![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sitalniwas2024-03-04-12-31-05.gif)
नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् ।
पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।
कांग्रेससँगको सत्तासमीकरण फेर्दै प्रधानमन्त्री प्रचण्डले आजै एमाले, रास्वपालगायतलाई समेटी मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् ।