१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

खतिवडाको ‘अकथ्य’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o३:oo

रंगकर्मी प्रवीण खतिवडाको पहिलो कथासंग्रह अकथ्य शनिबार सार्वजनिक भएको छ । विश्लेषक सिके लाल, साहित्यकार एवं कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकको लोकार्पण गरेका हुन् । यसमा नौवटा कथा समावेश छन् । 

पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको बताए । यसैगरी साहित्यकार एवं कलाकार सगुना शाहले प्रवीणका कथा गम्भीर र गहन भएको टिप्पणी गरिन् । कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे । “कथा लेख्ने, सिर्जनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो । म लेख्ने काममा अलमल गरिरहेको थिएँ,” मल्लले भने, “तर मेरो भाइले मलाई सिर्जनात्मक लेखनमा उछिन्यो ।” 

रंगकर्मी खतिवडाले अग्निको कथा (२०६०), रशोमन, मार्क्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरवजस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मिमांसा, मार्क्स फर्किए, विमोक्ष आदि नाटकको निर्देशनसमेत गरिसकेका छन् । उनले लुट, लुट–२, ढुवानी, विनाकारण, कालोपोथी, जात्रा, रंगेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रमा अभिनय गरेका छन् ।

ad
ad