बिहीबारदेखि सुत्केरी बेथा लागेर सुत्केरी हुन नसकेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– २ दोरम्बाकी ४१ वर्षीया सपना तामाङको शुक्रबार दिउँसो हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
तामाङको उद्धार गरी काठमाडाैंस्थित प्रसूतिगृह पठाइएको रामेछापका बागमती प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए।
उनले तत्काल बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई खबर गरेर निःशुल्क हेलिकोप्टरको व्यवस्था गरी समयमै सपनाको उद्धार गर्न सफल भएको बताए।