१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेवानि सुधार प्रतिवेदन कार्यान्वयन गर्न चौथो प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३३:oo

 पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम (नेवानि) संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । 

पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको समितिले बिहीबार पर्यटनमन्त्री सुदन किराँती, सचिव दीपक काफ्ले र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो । 

समितिले बुझाएको प्रतिवेदन चारवटा सुझावमा केन्द्रित छ । पहिलो आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखासमिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटेलको सेयर बिक्री गर्ने र चौथोमा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयनका लागि मन्त्री किराँतीले निर्देशन दिए ।

ad
ad