१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, शर्मा र भट्टको फरक मत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२९:oo

माओवादीले प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । तर, निर्णयप्रति उपमहासचिव जनार्दन शर्मा र स्थायी कमिटी सदस्य खगराज भट्टले लिखित असहमति जनाएका छन् । 

कोशीको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, मधेश प्रदेशको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह बनेका छन् ।

यसैगरी बागमतीको इन्चार्जमा उपाध्यक्ष अग्नि सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्ज केन्द्रीय सदस्य हरिराज अधिकारी तोकिएका छन् । 

यसबाहेक लुम्बिनीको इन्चार्जमा सचिव चक्रमाणि खनाल, सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल, सहइन्चार्ज टुंग्याउन बाँकी, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य विना मगर तोकिएका छन् । 

प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्ज टिबी पाठक, प्रवास प्रदेश समिति युरोप–अमेरिकालगायतको इन्चार्जमा सचिव सुरेन्द्रकुमार कार्की र सहइन्चार्ज टुंग्याउन बाँकी, विशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज यशोदा सुवेदीलाई दिइएको छ । मन्त्री, सांसद, मेयर, अध्यक्षलगायत जनप्रतिनिधिहरू निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

१५ चैतबाट अभियान
बैठकले १५ दिनसम्म सञ्चालन गर्ने गरी दुई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मधेश–तराई राष्ट्रिय जागरण अभियान १५ चैतबाट र हिमाल–पहाड–मधेश राष्ट्रिय एकता अभियान १५ वैशाखबाट सञ्चालन गर्ने निर्णय भयो । मिटरब्याजी, लघुवित्तपीडितको समस्या समाधान गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । दुध किसानको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

शर्मा र भट्टको फरक मत
उपमहासचिव जनार्दन शर्माले कार्यविभाजनप्रति फरक मत राखेका छन् । विधान अधिवेशनको ह्याङओभरबाट कार्यविभाजन गरिएको शर्माको दाबी छ । ‘कार्यविभाजन पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई अलिकति कार्यविभाजनमा जिम्मेवारीविहीन बनाइएको अवस्था र सुदूरपश्चिमा स्थायी कमिटी सदस्य हुँदाहुँदै सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायतका मुद्दाहरू, दलसँग सम्बन्धित विषय टुंग्याउने कुरामा सन्तुलित नभएको भन्ने विषयमा मैले असहमति राखेको छु,’ शर्माले भने ।

स्थायी समिति सदस्य खगराज भट्टले पनि निर्णयप्रति असहमति जनाएका छन् । संगठनात्मक र संसदीय कार्यविभाजनप्रति आपत्ति र सहमति रहेको उनले बताएका छन् । उनले आफ्नो ३४ वर्षको राजनीतिक र सांगठनिक जीवन समाप्त पार्ने डिजाइनअनुसार निर्णय भएको आरोप लगाएका छन् । 

ad
ad