Skip This
मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताका चार खेल सम्पन्न 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Friday, 26 July, 2024
नवीन गुरुङ संखुवासभा
२o८o फाल्गुण १६ बुधबार १८:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताका चार खेल सम्पन्न 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १८:१६:oo

संखुवासभामा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार चारवटा खेल सकिएका छन्। मंगलबारदेखि जिल्ला सदरमुकाम खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा प्रतियोगिताको दोस्रो दिन बुधबार चारवटा खेल सम्पन्न भएका हुन्।

एपिएफ र लुम्बिनी प्रदेशबीच भएको पहिलो खेलमा एपिएफ ३—० को सोझो सेटमा विजयी भएको छ। एपिएफले २५–१६, २५—१८ र २५—१८ को सेटमा जित निकालेको हो।

त्यसैगरी, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच भएको थियो। सो खेलमा ३—१ को सेटमा कोशी प्रदेशले आर्मीलाई हरायो। कोशी प्रदेशले २५—१९, २५—१९, २५–२० ल्याउँदा एक सेटमा आर्मीले २५—२१ अंक ल्याएको थियो।

बुधबारै भएको तेस्रो खेलमा नेपाल पुलिस क्लबले ३—० को सोझो सेटमा कर्णाली प्रदेशलाई पाखा लगायो। पुलिस २५—१२, २५—१६ र २५—११ ले विजयी भएको हो।

यसैगरी, चौथो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच भएको थियो। गण्डकीले १९–१५, २५–१५ र २५–२१ को सोझो सेटमा सुदूरपश्चिमलाई हरायो।

प्रतियोगितामा विभागीय तीन टिम त्रिभुवन आर्मी क्लब, एपिएफ (सशस्त्र) र नेपाल प्रहरीको पुलिस क्लबसहित पाँच प्रदेश (बागमती र मधेशबाहेक) गरी ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता आगामी शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ।

भलिबल संघ संखुवासभाले संयोजन गरेको प्रतियोगिता जिल्ला खेलकुद विकास समिति संखुवासभा र कोशी प्रदेश भलिबल संघको सहकार्य रहेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो।