लगातार टेबलटेनिसको नौपटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सदभावना दूत नियुक्त भएकी छिन् । नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)का निर्देशक सूर्यांश वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरेका छन् ।
सम्झौता एक वर्षको रहेको छ । सम्झौताअनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिनेछिन् । निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’को अवधारणाअनुरूप नवितासँग सहकार्य गरेको जानकारी दिए ।