१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ठूलो लक्ष्य पछ्याएको नेपालले गुमायो कप्तान, ४२ रन बनाएर फर्किए रोहित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o४:oo

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नामिबियाले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । 

कप्तान रोहितकुमार पौडेल २४ बलमा ४२ रन बनाएर आउट भएका छन् । ब्याटिङमा नयाँ विश्वकीर्तिमान बनाएका जान निकोल लोफ्ट इटनको बलमा रोहित क्याच आउट भए । 

इनिङ्सको ७.३ ओभरमा छक्का लगाउने चक्करमा रोहितले आफ्नो विकेट गुमाएका हुन् । त्यसअघि उनले इटनलाई छक्का प्रहार गरेका थिए । लङअनमा फिल्डिङ गरिरहेका फेलिंकनले रोहितको उत्कृष्ट क्याच लिए

रोहितले २४ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रनका हुन् । उनी आउट हुँदा नेपाल ७७–३ को अवस्थामा रह्यो । रोहितले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । 

त्यसअघि नेपालले २.५ ओभरमा दोस्रो विकेटका रूपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । रुबेल ट्रम्पलमेनले फ्रयाकिंनलाई क्याचआउटका रूपमा पेभेलियन पठाएका हुन् । आसिफले ६ बलमा ६ रन मात्र बनाए । 

त्यसअघि दुई सय सात रनको लक्ष्य पछ्याएको नेपालले इनिङ्सको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई एलबिडब्लूका रूपमा गुमाएको थियो । 

ad
ad