बिवाइडीले ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए युरो–२०२४) को अवसर पारी यो योजना ल्याएको हो । युइएफएको आधिकारिक इ–मोबिलिटी पार्टनर रहेको बिवाइडीले फुटबलप्रेमी ग्राहकलाई जर्मनमा प्रत्यक्ष युइएफएको प्रत्यक्ष खेल हेर्ने मौका दिने बताइएको छ ।
आगामी जुन १४ देखि एक महिनासम्म जर्मनीमा चल्ने खेलमा युइएफए र बिवाइडीबीचको यो सम्झौता महत्वपूर्ण भएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ११ जना भाग्यशाली विजेताले युइएफए फुटबलको प्रत्यक्ष मनोरञ्जन लिन सक्ने पनि बताइएको छ । यो योजनामार्फत बिवाइडीका ग्राहकले प्रतिष्ठित फुटबल महोत्सवको प्रत्यक्ष अनुभव गर्न अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको बिवाइडीको भनाइ छ ।