- नियमित रूपमा भुइँ सफा गर्नुस् । फोहोर हटाउनुस् । बेडसिट चेन्ज गर्नुस् । नियमित सफाइले कोठा चिटिक्क मात्रै होइन, सुगन्धित पनि हुन्छ ।
- कडाखाले केमिकलयुक्त प्रडक्टको साटो प्राकृतिक क्लिनिङ प्रडक्ट प्रयोग गर्नु राम्रो हुन्छ । कोठालाई भिनेगर, बेकिङ सोडा, कागतीको रसलगायतको प्रयोगले सफा गरेर वातावरणमैत्री राख्न सकिन्छ ।
- तपाईंको कोठा घाम लाग्ने ठाउँमा भयो भने राम्रो हुन्छ । प्राकृतिक प्रकाशले ब्याक्टेरिया हटाएर तपाईंको कोठालाई ताजा राख्न सहयोग गर्छ ।
- झ्याल र ढोका खुला राख्दा ताजा हावा आउँछ । किरा, फट्यांग्रा वा लामखुट्टेलाई घरभित्र छिर्न नदिनका लागि झ्यालमा जाली राख्नु राम्रो हुन्छ । इन्डोर प्लान्ट्सले पर्याप्त अक्सिजन सञ्चार गराएर कोठालाई स्वच्छ राख्छ । ताजा फूलहरू राखेर कोठा सजाउन पनि सकिन्छ ।