१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०८० फाल्गुण १५ मंगलबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० फाल्गुण १५ मंगलबार १०:२६:००

सर्लाहीको कौडेना गाउँपालिकास्थित हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सोमबार राति कौडेना गाउँपालिका– ३ स्थित हुलाकी सडकखण्डमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका– ६ बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारूका अनुसार राति मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोले र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर नै भएको बिआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्कारपियोका चालक भने दुर्घटनालगत्तै फरार भएकाे र खोजी भइरहेको डिएसपी थारूले जानकारी दिए । फराकिलो र कालोपत्रे भएको हुलाकी सडकमा ट्राफिक नियमको पालन नगरी तीव्र गतीमा सवारी सञ्चालन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको प्रहरी अधिकारीहरूको भनाइ छ ।