१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा भारतलाई लगातार १७औँ टेस्ट सिरिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४८:oo

भारतले घरेलु भूमिमा लगातार १७ टेस्ट सिरिज जितेको छ । भारतले सोमबार पाहुना टोली इंग्ल्यान्डलाई चौथो टेस्टमा पाँच विकेटले हराउँदै सिरिजमाथि ३–१ को अग्रता लिएको छ । भारतले एक टेस्ट बाँकी रहँदै टेस्टमाथि कब्जा जमाएको हो । भारतले पछिल्लो १२ वर्षमा घरेलु मैदानमा १७ टेस्ट जित्ने रेकर्डसमेत राखेको छ । अस्ट्रेलियाले घरेलु भूमिमा १२ टेस्ट सिरिज जितको रेकर्ड राखेको छ । भारतले सन् २०१२ मा घरेलु मैदानमा इंग्ल्यान्डसँगै २–१ ले टेस्ट सिरिज गुमाएको थियो । 

सन् २०१२ पछि इंग्ल्यान्डको यो तेस्रो भारत भ्रमण हो जसमा इंग्ल्यान्डले तीनपटककै अवसरमा टेस्ट सिरिज गुमाएको छ । सन् २०१६/०१७ मा भारतले इंग्ल्यान्डमाथि ३–० को जित निकालेको थियो । सन् २०२०/०२१ को सिरिजमा भारतले इंग्ल्यान्डलाई ३–१ को अन्तरले हरायो । अहिले भारत र इंग्ल्यान्डबीच पाँच टेस्टको शृंखला भइरहेको छ । जसमा भारतले ३–१ को अग्रता लिएको हो । 

भारतले घरेलु मैदानमा लगातार १७ टेस्ट सिरिज जित्दा अस्ट्रेलियालाई तीनपटक हराएको छ । वेस्ट इन्डिज, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश र श्रीलंकाविरुद्ध समान दुई टेस्ट सिरिज भारतले जितेको छ । घरेलु मैदानमा अफगानिस्ताविरुद्धको एक मात्र टेस्ट भारतले आफ्नो पक्षमा राखेको छ । 

भारत र इंग्ल्यान्डबीच अहिलेसम्म १ सय ३५ टेस्ट भएका छन् । जसमा भारतले ३४ खेलमा जित निकालेको छ । इंग्ल्यान्डले भारतलाई ५१ टेस्टमा हराएको अवस्था छ । यी दुई राष्ट्रबीच ५० टेस्ट ड्र भएको थियो । इंग्ल्यान्डपछि भारतले अस्ट्रेलियालाई ३२ टेस्टमा पराजित गरेको छ । 

१९२ रनको लक्ष्य
इंग्ल्यान्डले चौथो टेस्टमा भारतलाई १९२ रनको झिनो लक्ष्य दिएको थियो । भारतले ६१ ओभरमा पाँच विकेटको क्षतिमा १९२ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ५५ रन र सुभमन गिलले ५२ रनको योगदान दिएका थिए । रोहितले ८१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । गिलले १२४ बलमा दुई छक्का प्रहार गरे । भारतका लागि रविचन्द्रन आश्विनले दोस्रो इनिङ्समा ५१ रन खर्चेर पाँच विकेट लिए । उनले पहिलो इनिङस्मा इंग्ल्यान्डविरुद्ध एक मात्र विकेट हात पारे । चौथो टेस्टमा भारतका ध्रव जुरेल म्यान अफ दी म्याच भए । उनले पहिलो इनिङ्समा ९० रन र दोस्रो इनिङ्समा ३९ रन जोडे । 
 

ad
ad