Skip This
मुलुकको भविष्य कांग्रेससँग छ, एकढिक्का भएर अगाडि बढौँ : नेता डा. कोइराला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १२ शनिबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकको भविष्य कांग्रेससँग छ, एकढिक्का भएर अगाडि बढौँ : नेता डा. कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १o:५५:oo

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको बताएका छन्। कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए। 

‘महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ,’ डा. कोइरालाले भने। कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। 

‘बिपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि संघर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई कांग्रेसले भुल्नुहुँदैन,’ उनले भने। जीवन संघर्ष भएकाले संघर्ष गर्न सिक्नुपर्ने नेता डा. कोइरालाको भनाइ थियो। 

कांग्रेस संखुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए। कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो।