१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ११ शुक्रबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटो बनाउने क्रममा भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ११ शुक्रबार १४:०८:००

ताप्लेजुङको सिरिजंगा गाउँपालिका– २ आम्बेगुदिनमा माथिबाट झरेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। 

आम्बेगुदिनको बारुन्दिनटोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर ५६ वर्षका कर्णबहादुर कुँवरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले कर्णबहादुरको बाटो बनाउने क्रममा झरेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएकोे बताए। 

डिएसपी लिम्बूले शुक्रबार ११ बजेतिर उक्त घटना भएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएकोसमेत जानकारी दिए।

घटनाको प्रकृति हेरी थप अनुसन्धान अगाडि बढाउनेसमेत उनले बताए। मृतक कुँवरको लासलाई पोस्टमार्टमका लागि तेल्लोक स्वास्थ्य केन्द्रमा लगिनेसमेत बताइएको छ।