१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o८o फाल्गुण ११ शुक्रबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चलायमान हुन थाले लमजुङका घरवास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार o७:५o:oo

 पर्यटनयाम सुरु भएसँगै लमजुङका घरवास होमस्टेमा पर्यटक बढ्न थालेका छन् । माघ दोस्रो सातादेखि लमजुङका ग्रामीण क्षेत्रमा खुलेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । गाउँमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत–सत्कारले पर्यटक लोभिन थालेसँगै होमस्टेमा चहलपहल बढेको हो । ०५७ मा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटन पछिल्लो समय अन्य समुदायका गाउँसम्म पुगेको छ ।

घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनास मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुस्मेलगायत गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँमा होमस्टेको व्यापार बढ्दै गएको छ । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङगाउँ पर्यटकीय गाउँका रूपमा विकसित भइसकेका छन् । तर, सबै पर्यटकीय स्थलमा खोलिएका होमस्टे गुरुङगाउँमा मात्र छैनन् । 

घुमफिरमा आन्तरिक पर्यटकले ग्रामीण क्षेत्रका होमस्टे रोज्न थालेपछि गाउँमा आकर्षण बढेको हो । पर्यटक आउन थालेसँगै अब आम्दानी बढ्ने र जनजीवन सहज हुनेमा आफूहरू आशावादी बनेको घलेगाउँका घरवास सञ्चालक गंगाबहादुर घलेले बताए । उनले भने, ‘चिसोको समयमा पर्यटक आउन कम भएको थियो, अब चिसो हट्दै छ, पर्यटक बढ्दै छन् । पर्यटकीय सिजन सुरु भएसँगै यतिवेला लमजुङका पर्यटकीय गाउँमा पर्यटक आगमन बढ्न थालेको छ । 

गाउँमा पुगेका पर्यटकलाई घरवास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्छन् । घरवासमा आएका पर्यटकलाई सत्कारसँगै आफ्ना कला–संस्कृति जोगाइराख्न जुटेका स्थानीय जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख संस्कृति नृत्यसमेत प्रस्तुत गरिन्छ । 

ad
ad
ad
ad