१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

दोस्रो खेलमा नेपाल–इराक आमने–सामने, साँझ पौने आठ बजे खेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:४७:oo

पश्चिम एसिया फुटबल एसाेसिएसन (वाफ) महिला च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज इराकको सामना गर्दै छ । 

आमन्त्रित टोलीका रूपमा वाफ महिला च्याम्पियनसिपमा सहभागी नेपालले प्रतियोगिताकोे पहिलो खेलमा सिरियालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । 

दोस्रो खेल नेपाली समयअनुसार आज साँझ पौने आठ बजे साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटी रिजर्व स्टेडियममा हुनेछ । आजको खेलमा पनि नेपालले सिरियासँगको खेलमा जस्तै आक्रामक फुटबल खेल्ने तयारी गरेको छ । 

समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलपछि तीन अंकसहित शीर्ष स्थानमा छ । समूह ‘बी’मै रहेको प्यालेस्टाइनको पहिलो खेलबाट समान तीन अंक भए पनि गोलअन्तरका कारण दोस्रो स्थानमा छ । प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० ले पराजित गरेको हो । 

प्यालेस्टाइन र सिरियाबीचको खेल पनि आजै हुनेछ । तर, यी दुईबीचको खेल मध्यरात हुनेछ । समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’मा भने आयोजक साउदी अरेयिबा, जोर्डन, लेबनान र गुआम छन् । गुआम र नेपाल आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागी भएका हुन् । 

नेपाली टोलीको नेतृत्व गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् । 

ad
ad