१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकपको उपाधि भिडन्त बिहीबार, उपाधि उचाल्ने एपिएफ र मच्छिन्द्रको दावी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:५७:oo

बागमती गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका एपिएफ र मच्छिन्द्रले बिहीबार उपाधिका लागि भिडन्त गर्दैछन् । गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् ।

बागमती गोल्डकपको उपाधिका लागि एफिएफ र मच्छिन्द्र भिड्न लागेको यो पहिलोपटक हो । बिहीबारको खेलसँगै बागमती गोल्डकपले नयाँ बिजेता पाउने छ । 

पूर्वविजेताहरु हरिहरपुरगढी, सरस्वती युवा क्लब, थ्री स्टार र भुट्निज स्पोर्टस् क्लब यस गोल्डकपको संस्करणमा सहभागी भएनन् । यस्तै, तेस्रो संस्करणको उपाधि विजेता जावलाखेल युवा क्लब भने क्वार्टरफाइनलमा मच्छिन्द्रसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ । 

यस संस्करणमा उपाधिको दावेदार मानिएका एनआरटी, चर्च व्बाइज र त्रिभुवन आर्मी क्लब फाइनल पुगेका मच्छिन्द्र र एपिएफसँग पराजित भएका थिए । एपिएफले त्रिभुवन क्लबलाई १–० र मच्छिन्द्रले एनआरटीलाई ५–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

०७४ सालदेखि सुरु भएको गोल्डकपको पहिलो उपाधि मकवानपुरको छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाको टोलीले जितेको थियो । त्यसयता सरस्वती युवा क्लब, जावलाखेल युवा क्लब, थ्री स्टार र पाँचौँ संस्करणको उपाधि विदेशी टोली भुट्निज स्पोर्टस क्लबले जितेको थियो ।

एपिएफलाई मकवानपुरमा दोहोर उपाधि जित्ने अवसर
बागमती गोल्डकपमा विभागीय आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाएको अर्को विभागीय टोली एपिएफलाई यसपटक मकवानपुरमा एकै महिनाभित्र दोहोर उपाधि जित्ने अवसर छ । 

एपिएफले २७ माघमा सम्पन्न भएको छैटौँ संस्करणको मकवानपुर गोल्डकपको उपाधि उचालेको थियो । उसले एनआरटीलाई सडनडेथमा निराश पार्दै उपाधि जितेको हो । 

उपाधि जित्ने दुवै टोलीको दाबी
प्रतियोगिताको फाइनलमा स्थान बनाएका एपिएफ र मच्छिन्द्र क्लब दुवै टिमले बागमती गोल्डकपको उपाधि जित्ने दाबी गरेका छन् । बुधबार भएको प्रि–म्यान कन्फ्रेन्समा बोल्दै एपिएफका टिम म्यानेजर सुशील अधिकारीले उपाधि जित्नेमा विश्वस्त र आशावादी रहेको बताए । 

दुई साताअघि मात्रै सम्पन्न मकवानपुर गोल्डकपको उपाधि उचालेको स्मरण गराउँदै उनले बागमती गोल्डकपको उपाधि पनि एपिएफले नै जित्ने दावी गरे । 

यता, मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि राम्रो तयारी गरेको बताए । उनले अट्याकिङ खेल खेल्दै सुरुवाती अग्रताको साथ विपक्षीलाई दबाबमा राखेरै उपाधि जित्ने दावी गरे । 

विजेताले १० र उपविजेताले पाँच लाख पाउने
मकवानपुरको बागमती गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको विजेताले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाउनेछ । एन्फाको क्यालेन्डरअनुसार जारी यस प्रतियोगिताको उपविजेता टोलीले नगद पाँच लाख रुपैयाँ पाउनेछ । 

यसअघि पाँचौँ संस्करणमा विजेताले नगद आठ लाख रुपौयाँ पाउँदै आएकोमा यसपटक पुरस्कार राशि बृद्धि गरिएको हो । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ad
ad